बीस दिनमा पचास हजार बढी विदेशीद्वारा श्रीलङ्का भ्रमण

अर्थबिट २०७९-०९-१० १७:१४:०० बजे

कोलम्बो।आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । 

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा  अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । पर्यटकको औसत आगमन दुई हजार पाँच सयभन्दा बढी रहेको तथा यो वर्षको पहिलो ११ महिनामा एक हजार ९०० को हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष छ लाख ७८ हजार तीन सय ९२ जना अन्तर्राष्ट्रिय पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए । 

कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रा्उने लक्ष्य लिएको पर्यटन तथा भूमिमन्त्री हरिन फर्नान्डोले बताउनुभएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।