युक्रेनी ड्रोन रूसी हवाई शिविरमा खसालियो, तीन जनाको मृत्यु

अर्थबिट २०७९-०९-११ ०९:१६:०० बजे

मस्को।रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन् । उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ ।   

यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो । एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित छ । 

“डिसेम्बर २६ मा मस्को स्थानीय समयअनुसार १ः३५ बजे सारातोभ क्षेत्रमा रहेको एङ्गेल्स सैन्य एयरफिल्डनजिक पुग्ने क्रममा युक्रेनी मानवरहित हवाई यानलाई कम उचाईमा गोली हानी खसालिएको थियो,” रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था ( तास) ले उल्लेख गरेको छ ।

“ड्रोनको भग्नावशेष खसेपछि हवाई क्षेत्रमा रहेका तीन जना रूसी प्राविधिक सैनिक गम्भीर घाइते भएका छन्,” उहाँले भन्नुभयो । घाइते तीनै जनाको निधन भइसकेको छ । 

डिसेम्बर ५ मा मस्कोले युक्रेनी ड्रोनले एङ्गेल्स आधारशिवर र रयाजान क्षेत्रमा रहेको अर्को शिविरमा विस्फोट गराएको बताएको थियो । 

रक्षा मन्त्रालयले कुनै पनि विमानमा क्षति नपुगेको तासले जनाएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।