इन्धन अभावले यमनी अस्पताल बन्द

अर्थबिट २०७९-०९-११ १३:५८:०० बजे

यमन।यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालमा इन्धनको चरम अभावका कारण आइतबारदेखि बन्द भएको छ । 

अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको सिन्ह्वालाई बताउनुभयो । उहाँले नाम गोप्य राख्ने शर्तमा भन्नुभयो, “मृगौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू ईन्धनको गम्भीर सङ्कटपछि बन्द गरिएको छ ।” 

“ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालले घना बस्ती भएको ताइज सहरमा हजारौं बिरामीका लागि सेवा प्रदान गर्दछ,” उहाँले भन्नुभयो । अस्पताल बन्दले बिरामीको ज्यान जोखिममा पारेको उहाँले बताउनुभयो । 

अस्पतालका अधिकारीका अनुसार अस्पतालले अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसङ्घका निकायलाई सङ्कटबाट पार पाउन र स्वास्थ्य विपत्तिबाट बचाउन इन्धन उपलब्ध गराउन तत्काल अपिल गरेको छ । 

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकूसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको छ ।यस युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छभने ४० लाख मानिस विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको सङ्घारमा पु¥याएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।