ताइवानको आकाशमा दर्जनौँ चिनियाँ लडाकु विमान

अर्थबिट २०७९-०९-११ १४:०५:०० बजे

ताइपेइ।बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकु विमान र सात वटा जहाज तैनाथ भएका छन् ।

सैन्य सामथ्र्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामथ्र्य प्रदर्शन गरेको अनुमान गरिएको छ । 

चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ भने चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ । चीनले आइतबार र सोमबार लडाकु तथा फाइटर विमान र ड्रोन पठाएको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ । ताइवानले पनि आफ्नो भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली र आफ्नै नौसेना जहाजबाट चिनियाँ चालको निगरानी गरिरहेको बताएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।