पुगेन भैरहवा भन्सारको लक्ष्य

अर्थबिट २०७९-०९-१३ ०९:३२:०० बजे

काठमाण्डौ।भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो । 

गत साउनदेखि कात्तिक महिनासम्म लक्ष्य रु ४७ अर्ब ७७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २५ अर्ब १३ करोड मात्रै सङ्कलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयले विदेशी मुद्रा सञ्चितिमा कमी आएको बताउँदै १५० सिसिभन्दा माथिका मोटरसाइकल, जीप कार भ्यान, तीन सय डलर मूल्य माथिको मोबाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरालगायतका सामानको आयातमा रोक लगाएकाले भन्सार राजस्व सङ्कलनमा कमी आएको प्रमुख पौडेलले बताउनुभयो ।

सरकारले वस्तुको आयातमा अनिवार्य एलसी खोल्नुपर्ने नियम लगाई आयातमा कडाई गरेपछि विदेशी वस्तुको आयातमा समस्या सिर्जना भएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ । राजस्व सङ्कलनमा कमी आएपछि सरकारले चालु आर्थिक वर्षको मङ्सिर २० गतेपछि महङ्गा गाडी, मोबाइल, मदिरा, मोटर साइकललगायत १० वस्तुमा लगाइएको आयात प्रतिबन्धमा फुकुवा गरे पनि राजस्व सङ्कलनमा सुधार नभएको भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।