काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख १ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ४०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. १ लाख २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले बढेर रु.एक हजार ४०० कायम भएको महासङ्घले जनाएको छ ।