चौबिस लाख विदेशी पर्यटक फिलिपिन्समा

अर्थबिट २०७९-०९-१४ १६:४२:०० बजे

मनिला।यो वर्ष २४ लाखभन्दा बढी विदेशी पर्यटकले फिलिपिन्स भ्रमण गरेका छन् । पर्यटक आगमनबाट दक्षिणपूर्वी एसियाली देशले दुई अर्ब ६५ करोड अमेरिकी डलर आम्दानी गरेको छ । 

यो वर्षको प्रारम्भदेखि नै कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएका प्रतिबन्ध खुकुलो पारिएसँगै खुला भएका देशका अन्तर्राष्ट्रिय नाका, समुद्री तट र पर्यटकीय क्षेत्रमा २४ लाख ६२ हजार एक सय ४० जना अन्तर्राष्ट्रिय पर्यटक आएका पर्यटन विभागले जनाएको छ । 

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, क्यानडा र बेलाइतबाट सबैभन्दा धेरै पर्यटक आएका जनाउँदै विभागले १७ लाख अन्तर्राष्ट्रिय पर्यटक आगमनको लक्ष्य रहेको बताएको छ । आगामी वर्ष पर्यटन पूर्वाधारको स्तरोन्नति गर्ने तथा २६ लाखभन्दा बढी पर्यटन भित्र्याउने लक्ष्य विभागले लिएको छ । 

विशेष गरी ‘क्रुज’ पर्यटनको विकास गर्ने, क्षेत्रीय ‘ट्राभल’ मेला आयोजना गर्नेलगायत योजना पनि विभागले अघि सारेको छ । सन् २०२१ मा देशको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगले ५.२ प्रतिशत योगदान गरेको थियो भने सन् २०१९ मा कूल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगको योगदान १२.९ प्रतिशत थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।