भारत–अस्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौता लागू

अर्थबिट २०७९-०९-१४ ०९:२९:०० बजे

क्यानबेरा।अस्ट्रेलिया–भारत आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार औपचारिक रुपमा लागू भएको छ । अष्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारतसँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गर्नुभएको छ ।

सम्झौताले एक अर्ब ४० करोड जनसङ्ख्या भएको अस्ट्रेलियालाई निर्यात हुने सामानमा ८५ प्रतिशत कर हटाउने छ । सम्झौतामा अष्ट्रेलियाली वाइन र बदामलगायतका उत्पादनमा लगाइएको उच्च कर पनि घटाउने सहमति भएको छ । 

प्रिमियम वाइनका लागि बिहीबार १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिएको थियो र जनवरी १ देखि ७० प्रतिशतमा कटौती गरिनेछ र एक दशकभित्र २५ प्रतिशतमा झार्ने योजना छ ।

ताजा अष्ट्रेलियाली रक लबस्टर (भिङ्गा माछा), भेडा र खसीको मासुमा लगाइएको ३० प्रतिशत कर पनि किसानका लागि ठूलो प्रोत्साहनको रूपमा हटाइएको छ । संघीय सरकारका अनुसार यो सम्झौताले अष्ट्रेलियाली निर्यातकर्तालाई प्रत्येक वर्ष दुई अर्ब अष्ट्रेलियाली डलर (१.३ अर्ब अमेरिकी डलर) बचत गर्नेछ ।

“भारतको युवा जनसङ्ख्या, विविध अर्थव्यवस्था र विकासको मार्गले शिक्षा, कृषि, ऊर्जा लगायत अष्ट्रेलियाली व्यवसायहरूका लागि महत्वपूर्ण अवसरहरू प्रस्तुत गर्छ,” फेरेलले बिहीबार न्यूज कर्प अस्ट्रेलियामा प्रकाशित स्तम्भमा लेख्नुभएको छ ।

फरेलले बिहीबार आफू र प्रधानमन्त्री एन्थोनी अल्बानीस दोस्रो चरणको व्यापार सम्झौताका लागि मार्चमा नयाँ दिल्ली जाने सम्भावना रहेको बताउनुभएको छ ।   

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।