काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख १ हजार ७०० तोकिएको छ । गत शुक्रबार प्रतितोला रु. १ लाख १ हजार ४०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ३०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख १ हजार २०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख ९०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले बढेर रु.एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ ।