काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख १ हजार ७०० तोकिएको छ । अघिल्लो दिन पनि प्रतितोला रु.१ लाख १ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख १ हजार २०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि प्रतितोला रु.१ लाख १ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्यमै प्रतितोला रु.एक हजार ४०० कायम भएको महासङ्घले जनाएको छ ।