काठमाण्डौ।सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख २ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख ३ हजार १०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ८०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख १ हजार ८०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख २ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२० ले घटेर रु.एक हजार ३६५ मा आएको महासङ्घले जनाएको छ ।