काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ३ हजार ३०० तोकिएको छ । गत शुक्रबार प्रतितोला रु. १ लाख २ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. १ हजारले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख २ हजार ८०० तोकिएको छ । यसको मूल्य गत शुक्रबार प्रतितोला रु.१ लाख १ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले बढेर रु.एक हजार ३८० कायम भएको महासङ्घले जनाएको छ ।