श्रीलङ्का र थाइल्याण्डले तेस्रो चरणको एफटीए वार्ता शुरु गर्ने

अर्थबिट २०७९-०९-२५ १४:१२:०० बजे

कोलम्बो।श्रीलङ्का र थाइल्याण्डबीच जनवरी ९ र १० मा कोलम्बोमा दुई राष्ट्रबीच हुने स्वतन्त्र व्यापार सम्झौताको तेस्रो चरणको वार्ता हुन लागेको श्रीलङ्काका राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ। 

सो वार्तामा थाइल्याण्डका २६ प्रतिनिधिहरू छलफलमा भाग लिने बताइएको छ ।

छलफलमा वस्तुको व्यापार, सेवाको व्यापार, लगानी, उत्पत्ति नियम, भन्सार सहयोग, व्यापार सहजीकरण र आर्थिक सहयोगलगायतका विषयमा केन्द्रित रहने पीएमडीले जनाएको छ ।

पीएमडीका अनुसार सन् २०२१ मा श्रीलङ्काले थाइल्याण्डबाट ३५ करोड ५० लाख अमेरिकी डलरको सामान आयात गरेको थियो भने ५९ मिलियन डलरको सामान थाइल्याण्डमा निर्यात गरेको थियो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।