काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोश्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ३ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख ३ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ६०० ले उकालो लागेको हो । यो मूल्य यस वर्षकै सबैभन्दा उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ३ हजार ४०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख २ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ल बढेर रु.एक हजार ३९० पुगेको महासङ्घले जनाएको छ ।