दिल्लीमा हल्का बर्षा, न्यूनतम तापमान ९.३ डिग्री सेल्सियस मापन

अर्थबिट २०७९-०९-२८ १४:१५:०० बजे

काठमाण्डौ।दिल्लीमा बिहीबार हल्का वर्षा भएको छ । नयाँ दिल्लीको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस मौसमको औसतभन्दा दुई डिग्री बढी हो ।

भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार दिल्लीको अधिकतम तापक्रम सामान्यभन्दा दुई डिग्री बढी २१.६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार साँझ ६ः३० बजेको सापेक्षिक आर्द्रता ७३ प्रतिशत रहेको थियो । 

पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान र पश्चिमी उत्तर प्रदेशमा पश्चिमी अवरूद्धता र सतहमा लागेकोे हावाका कारण कुहिरोको स्थितिमा उल्लेखनीय सुधार आएको छ ।

पूर्वी उत्तर प्रदेश र बिहारमा बाक्लो कुहिरो लाग्ने क्रम जारी रहेको बताउँदै भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले जनवरी १५ देखि दिल्ली र यसका छिमेकी राज्यका केही स्थानमा शीतलहर पुनः जारी रहने जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।