तिब्बतमा खाद्यान्न उत्पादनमा उच्च वृद्धि

अर्थबिट २०७९-०९-२९ १३:४२:०० बजे

ल्हासा।चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२२ मा खाद्यान्न उत्पादन उच्च विन्दुमा पुगेको चीन सरकारले जनाएको छ ।

शुक्रबार सार्वजनिक सरकारी प्रतिवेदनअनुसार तिब्बत स्वशासित क्षेत्रको १२ औँ जनकाङ्ग्रेसको पहिलो अधिवेशनमा जारी प्रतिवेदनमा सन् २०२२ मा यस क्षेत्रको अन्न उत्पादन १० लाख सात हजार टन पुगेको, तरकारी उत्पादन नौ लाख ३० हजार टन र मासु, अण्डा र दूधको उत्पादन आठ लाख ८० हजार टन पुगेको उल्लेख छ । 

यसैबीच, यस क्षेत्रको हरियो र जैविक खाद्य पदार्थ र कृषि उत्पादनहरूको साथसाथै स्वदेशी उत्पादनहरू सन् २०२२ मा ३० प्रतिशतले वृद्धि भएको छ । यस क्षेत्रले आफ्नो कृषि उत्पादनहरूको सुरक्षा र गुणस्तरलाई महत्व दिएको छ ।

तिब्बत सरकारले सन् २०२२ मा कूल १७ करोड २० लाख युआन (करिब दुई करोड ५६ लाख अमेरिकी डलर) बराबरको खेतीयोग्य जमिनको संरक्षणका लागि किसानलाई अनुदान दिएको थियो ।  

लामो समयदेखि उच्च भूमिमा उत्पादन हुने तिब्बतको स्थापित अन्न जौको उन्नत जातको उत्पादनका लागि व्यवस्थित क्षेत्र बनाइने सरकारको लक्ष्य अनुरूप सन् २०२२ को अन्तसम्ममा जौ उत्पादन क्षेत्र एक लाख ३५ हजार हेक्टर बढेको छ र उच्च क्षेत्रमा उत्पादन हुने खेतीयोग्य जमिनको कूल क्षेत्रफल दुई लाख ६० हजार हेक्टर पुगेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।