काठमाण्डौ।सुनचाँदी बजारमा साताका दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ५ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख ५ हजारमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. २०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ४ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख ४ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले बढेर रु.एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ ।