फिलिपिन्सले पर्यटन बढाउन विमानस्थलको सुधार गर्ने

अर्थबिट २०७९-१०-०५ १४:०७:०० बजे

मनिला।गतिशीलता र पर्यटनको सञ्चार बढाउन फिलिपिन्सले यस वर्ष देशभरका कम्तीमा आठ वटा विमानस्थलमा सुधार गर्ने बताएको छ । 

फिलिपिन्सका बजेट मन्त्री अमेनाह पाङगान्दमानले भन्नुभयो, “सन् २०२३ को बजेटमा आठवटा विमानस्थल परियोजनाका लागि बजेट तथा व्यवस्थापन विभागले रकम छुट्याइसकेको छ । बजेटलाई राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले स्वीकृत गरिसक्नुभएको उहाँले बताउनुभयो । 

मनिलास्थित निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल (एनएआईए) को स्तरोन्नति गर्नेकाम भइरहेको र उत्तरी फिलिपिन्समा दुई, मध्य फिलिपिन्समा दुई र दक्षिणी फिलिपिन्समा तीन विमानस्थल मर्मतका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

“यो बजेट विनियोजनले देशको विशेष गरी उड्डयन क्षेत्रमा यातायात पूर्वाधारको निर्माण, पुनस्र्थापना र सुधारमा सहयोग पु¥याउनेछ,” पाङगन्डमानले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

फिलिपिन्समा जनवरी १ मा कम्प्युटरमा गडबडी हुँदा देशको सबैभन्दा ठूलो विमानस्थल एनएआईएको हवाई ट्राफिक नियन्त्रण अवरुद्ध हुँदा २८२ अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान र करिब ६० हजार यात्रु प्रभावित भएका थिए । उहाँले मार्कोस प्रशासनको आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न सरकारले पूर्वाधार विकासलाई निरन्तरता दिने बताउनुभयो । 

मार्कोसले भन्नुभयो, यो बर्ष देशको सार्वजनिक यातायात प्रणालीमा ‘राम्रो दिन’ हरूको उदय हुनेछ । 

“एक प्रभावकारी र कुशल यातायात प्रणाली हुनुले रोजगार, अर्थव्यवस्था र हाम्रो समाजमा गुणात्मक प्रभाव पार्नेछ; यसले सबैका लागि सान्त्वना, सुविधा र सहज जीवन पनि ल्याउनेछ,” मन्त्री पाङगान्दमानले भन्नुभयो 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।