अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

अर्थबिट २०७९-१०-०५ १४:०९:०० बजे

पेरिस।सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् । देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको परीक्षाको रुपमा हेरिएको छ ।

प्रस्तावित नयाँ नियमअनुसार निवृत्ति भरण पाउन अब धेरै समय काम गर्नुपर्नेछ । अनिवार्य अवकाशमा जाने विद्यमान ६२ वर्षको उमेरलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । 

देशमा वृद्धहरूको सङ्ख्या बढ्दै गएको तथा देशवासीको औसत आयु पनि वृद्धि भइरहेको छ । साथै उनीहरूले राज्यबाट निवृत्तिभरण पनि प्राप्त गर्दै आएका छन् । राष्ट्रपति म्याक्रोँले भने विद्यमान प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरिएको बताउनुभएको छ । 

कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् । नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।