युरो क्षेत्रको ‘सन् २०२३ को अर्थव्यवस्था ‘सोचेभन्दा राम्रो’ हुने’

अर्थबिट २०७९-१०-०५ १४:१४:०० बजे

स्वीट्जरल्याण्ड।युरोपेली केन्द्रीय बैंक (ईसीबी) का प्रमुख क्रिस्टीन लेगार्डले युरो क्षेत्रकोे अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताउनाुभएको छ । 

डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भन्नुभयो, “पछिल्ला केही हप्तामा आर्थिक सुधारको पाटो निकै सकारात्मक भएको छ ।”

जर्मनीजस्ता केही ठूला अर्थतन्त्रले सङ्कुचनलाई पूर्णतया पन्छाउँदै २० राष्ट्रको समूहमा मन्दीको चर्चाबीच ‘सामान्य सङ्कुचन’ देखिएको उहाँले बताउनुभयो । 

ईसीबीले सन् २०२३ मा युरो क्षेत्रमा ०.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

“त्यसैले, यो एक शानदार वर्ष होइन, तर यो हामीले सोचेको भन्दा धेरै राम्रो छ,” लेगार्डले भन्नुभयो । 

गत वर्ष युक्रेनमा भएको युद्धका कारण बढेको ऊर्जाको मूल्य घट्न थालेपछि सुधारको आशा देखिएको हो । 

हल्का जाडो मौसमले पनि ग्याँसको अभावको डरलाई कम गर्न मद्दत गरेको छ ।

कम ऊर्जा लागतले युरो क्षेत्रको मुद्रास्फीति अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको भएपनि गिरावट ल्याउन योगदान पु¥याएको छ । 

उपभोक्ता मूल्य वृद्धि डिसेम्बरमा ९.२ प्रतिशतमा खुम्चिएको छ, जसले मुद्रास्फीतिले अन्ततः आफ्नो चरम सीमा पार गरेको आशालाई बढावा दिएको छ ।

यद्यपि लेगार्डले मुद्रास्फीति अझै पनि ‘धेरै उच्च’ रहेको बताउनुभएको छ । 

ईसीबीले मुद्रास्फीतिलाई नियन्त्रण गर्न आक्रामक रूपमा ब्याज दरमा वृद्धि गरिसकेको छ र जुलाईदेखि यसको प्रमुख दरहरू २.५ प्रतिशत बिन्दुले बढाएको छ ।

लेगार्डले मुद्रास्फीतिलाई ईसीबीको दुई प्रतिशतको लक्ष्यमा फर्काउनका लागि थप ब्याज दर वृद्धि हुने दोहो¥याउनुभयो ।

“हामी कोर्समा रहनेछौं,“ लेगार्डले भन्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।