‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

अर्थबिट २०७९-१०-०६ ०७:२७:०० बजे

न्युयोर्क।चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएको छ । 

वासिङ्टनस्थित चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत सु सुयुवानले चिनियाँ नयाँ वर्षका अवसरमा चीन उद्योग वाणिज्य सङ्घले आज आज यहाँ आयोजना गरेको कार्यक्रममा चीन–अमेरिका बीचको व्यापारिक सम्बन्ध बुझ्न सही समझ र चीनको विकासको दृष्टिकोणबारे जान्न जरुरी भएको बताउनुभयो । 

दुर्ई देशको व्यापारिक सम्बन्ध पारस्परिक रूपमा लाभदायक छ भन्दै उहाँले आपसी समस्या समाधानका निम्ति परस्पर सम्मान र लचिलोपन आवश्यक भएको बताउनुभयो । अन्तर्राष्ट्रिय आर्थिक एवम् व्यापारसम्बन्धी नियमहरूको परिपालनामा उहाँले जोड दिनुभयो । पारस्परिक सहयोगबाट दुवै देश लाभान्वित हुने तथा टकराव र द्वन्द्वबाट पराजयबाहेक केही हात नलाग्ने यथार्थ चिनियाँ कूटनीतिज्ञले प्रस्तुत गर्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।