काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.१ लाख ५ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ४ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख ४ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यमै रु.एक हजार ३७५ मा कायम भएको महासङ्घले जनाएको छ ।