सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी

अर्थबिट २०७९-१०-०८ ०७:०५:०० बजे

कोलम्बो।उर्जा सङ्कटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी देखिएको छ । 

श्रीलङ्काले गत वर्ष रबरजन्य पदार्थ निर्यात गरी तीन खर्ब २७ अर्ब श्रीलङ्काली रूपैयाँ (९० करोड अमेरिकी डलर) आम्दानी गरेको रबर विकास विभागले शनिबार जनाएको छ ।

विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताउनु भएको छ । दक्षिण एसियाली मुलुकले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर तीन अर्ब डलर पु¥याउने लक्ष्य राखेको उनले बताए ।    श्रीलङ्काको तयारी रबरका लागि प्रमुख बजार संयुक्त राज्य अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलङ्काबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् । 

श्रीलङ्का विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो र सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्याङ्कले देखाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।