चीनद्वारा शीतलहरको चेतावनी जारी

अर्थबिट २०७९-१०-०९ १२:५०:०० बजे

बेइजिङ्ग।चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका अधिकांश मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम घट्ने र आँधी आउने पूर्वानुमान गर्दै  सम्भावित शीतलहर आउँने भन्दै चेतावनी जारी गरेको छ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार सोमबार बिहानदेखि बुधबार बिहानसम्म, उत्तरपूर्वी चीनका केही भागहरू, याङ्त्जे नदीको दक्षिणी क्षेत्रहरू र दक्षिण चीनको तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।

जिलिनका केही भागहरूमा तापमान १६ डिग्री सेल्सियसभन्दा बढीले घट्न सक्ने पनि अनुमान गरिएको छ । केन्द्रले शीतलहरले कृषिमा पर्ने असरबारे सचेत गराउँदै तापक्रम परिवर्तन र हावा-हुरीबाट सावधानी अपनाउँन सर्वसाधारणलाई सुझाव दिएको छ । चीनले चार थरिको रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली प्रयोग गर्ने गरेको छ ।  रातोले सबैभन्दा गम्भीर मौसमको प्रतिनिधित्व गर्दछ र त्यसपछि  क्रमशः सुन्तला, पहेंलो र नीलो रङले।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।