काठमाण्डौ।आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।सुनचाँदी बजारमा साताको तेश्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ६ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख ५ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.१ हजारले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ५ हजार ८०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख ४ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले घटेर रु.एक हजार ३६५ मा आएको महासङ्घले जनाएको छ ।