क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु

अर्थबिट २०७९-१०-१० ०८:०६:०० बजे

क्यालिफोर्निया।क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड भएको छ । बितेका आठ दिनमा यो तेस्रो गोलीकाण्ड हो । सान फ्रान्सिस्कोको दक्षिणस्थित तटीय समुदायको कृषि केन्द्रमा आज भएका दुई बेग्लाबेग्लै गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । गत शनिबारको गोलीकाण्डमा ११ जनाले ज्यान गुमाएका थिए । 

सोमबारको आक्रमणमा संलग्न भएको अभियोगमा ६७ वर्षीय चुन्ली झाओलाई पक्राउ गरिएको छ । झाओले किन गोली चलाए भन्नेबारेमा स्पष्ट भइनसकेको जनाउँदै प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।