अमेरिकामा अर्काे पनि गोलीकाण्ड, तीन जनाको हत्या

अर्थबिट २०७९-१०-११ ०७:१२:०० बजे

सनफ्रान्सिस्को।अमेरिकामा मङ्गलबार पनि अर्काे गोलीकाण्ड भएको छ । यहाँका एकजनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।एक पसलमा गोली हानेर ती व्यक्तिले तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ । अमेरिकाको वासिङटन राज्याको याकिमामा रहेको सो पसलमा  एकजना व्यक्तिले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्नुअघि सो पसलमा कुनै पनि विवाद नदेखिएको तर अकस्मात गोली हानेर पसलमा रहेका तीन जनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ ।  पसलमा आएका व्यक्ति यसो यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । 

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर गएको प्रहरीको भनाई छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्काे एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।