छोराकी आमा भइन् तीस करोडभन्दा अधिक अमेरिकी डलर सम्पत्ति भएकी पेरिस हिल्टन

अर्थबिट २०७९-१०-११ १०:०६:०० बजे

वासिङ्टन।तीस करोडभन्दा अधिक अमेरिकी डलर सम्पत्ति भएकी अमेरिकी सञ्चारकर्मी एवम् हिल्टन होटलकी उत्तराधिकारी पेरिस हिल्टन छोराकी आमा बनेकी छन् । 

नवजात शिशुले आफ्नो बूढीऔँला समातेको तस्बिर सामाजिक सञ्जाल इन्सटाग्राममार्फत सार्वजनिक गर्दै उनले आफू आमा बनेको घोषणा गरेर प्रशंसकहरूलाई चकित पारेकी छन् । उनले लेखेकी छन्–“म तिमीलाई अथाह माया गर्छु, मेरो स्नेह शब्दमा वर्णन गर्न सकिदैन । ”

अमेरिकी मनोरञ्जन ‘मिडिया’का अनुसार हिल्टनले कोख भाडामा लगाएर सन्तान प्राप्त गरेकी हुन् । टेलिभिजनमा ‘रियालीटी सो’ प्रस्तुत गर्ने पूर्वप्रस्तोता ४१ वर्षिया हिल्टनले गत महिना एउटा अन्तर्वार्तामा कोख भाडामा लिएर सन्तान प्राप्तिको चिकित्सकीय प्रक्रिया (आइभिएफ) प्रारम्भ गरेको जानकारी दिएकी थिइन् । उक्त प्रक्रिया कोरोना महामारीको बेला थालिएको खुलासा पनि उनले गरेकी थिइन् । लगानीकर्ता कार्टर रियमसँग उनले सन् २०२१ मा विवाह गरेकी हुन् । आफ्ना साथी किम कार्डासिएनको सल्लाहमा आइभिएफ प्रक्रिया अपनाएको उनले बताएकी छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।