बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध

अर्थबिट २०७९-१०-१२ १५:५०:०० बजे

ढाका।बङ्गलादेश सरकारले देशका माछा किसानहरूमाझ गम्भीर चिन्ताको विषय बनेका ‘सकरमाउथ क्याटफिस’ प्रजाति कारोबारमा प्रतिबन्ध लगाएको छ । 

बङ्गलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयले एक सूचना जारी गर्दै रैथाने प्रजातिका माछाका लागि ठूलो खतरा मानिएको ‘सकरमाउथ क्याटफिस’ आयातमाथि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । 

बङ्गलादेशी राष्ट्रपतिको निर्देशनलाई उद्धृत गर्दै मत्स्य पालन तथा पशुपन्छी मन्त्रालयका उपसचिव मृणाल कान्ति डेले बुधबारदेखि नै क्याटफिसमाथि प्रतिबन्ध लगाएको बताउनुभएको हो ।

निर्णयअनुसार अब कसैले पनि ‘सकरमाउथ क्याटफिस’को आयात, बिक्री, आपूर्ति वा संरक्षण गर्न पाउने छैनन् । 

सन् २०२२ सेप्टेम्बर २५ मा मन्त्रालयले माछा सुरक्षा तथा संरक्षण ऐन–१९५० को दफा १८ मा संशोधन गर्ने प्रस्तावका गरेको थियो ।

बङ्गलादेशले सन् २००८ मा बङ्गलादेशमा अफ्रिकी पिरान्हाको खेती, प्रजनन, बजारीकरण र व्यापारमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०१४ मा स्थानीय माछाको संरक्षणका लागि अफ्रिकी क्याटफिसको आयात, उत्पादन र बजारीकरणमा पनि प्रतिबन्ध लगाइएको थियो । 

मत्स्य पालन विभागका उपनिर्देशक मोहम्मद खालिद कनकले यसअघि ‘सकरमाउथ क्याटफिस’लाई पनि यस्तै कारणले प्रतिबन्ध लगाइएको बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।