‘आयात प्रतिबन्धबाट २.५ अर्ब डलर बचत’

अर्थबिट २०७९-१०-१३ १३:५०:०० बजे

कोलम्बो।सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताउनुभएको छ । 

बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरिएको अन्तर्राष्ट्रिय भन्सार दिवस समारोहमा राज्यमन्त्री पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयात प्रतिबन्धका कारण मानिसहरूले सन् २०२२ मा जस्तो कष्ट भोग्नुपर्ने छैन । देशले कर वृद्धि गरेर राजस्व पनि बढाएको छ र ब्याज दर बढाएर मुद्रास्फीति घटाएको छ ।”

श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४०० भन्दा बढी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर आर्थिक सङ्कटको अवस्था केही सुस्ताएपछि केही वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।