काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ६ हजार तोकिएको छ । गत शुक्रबार प्रतितोला रु.१ लाख ५ हजार ८०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. २०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ५ हजार ५०० तोकिएको छ । यसको मूल्य गत शुक्रबार प्रतितोला रु.१ लाख ५ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले घटेर रु.एक हजार ३६५ मा आएको महासङ्घले जनाएको छ ।