के सुनको भाउ तोलाकै २ लाख पुग्दैछ, यस्ता छन् विज्ञका तर्क

अर्थबिट २०७९-१०-१६ ०३:३९:०० बजे

काठमाण्डौ।सुनको मूल्यमा लगातार उछाल आइरहेको छ । नेपालमा सुनको भाउले वर्षभरिकै कीर्तिमानसमेत तोड्दै अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा लगातारको वृद्धि कायम छ ।

सुनको मूल्यमा भएको लगातारको वृद्धि प्राकृतिक हो वा समयको मागलगायतका विषयमा तपाईँहरुको जिज्ञासालाई हामीले मत्थर गर्ने जमर्को गरेका छौँ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्य सुनको माग बढ्ने सिजन भएकाले मूल्यमा पनि वृद्धि भएको बताउँछन् । रसिया र युक्रेन युद्ध र मौद्रिक प्रणालीलाई मुख्य कारक तत्व ठान्दै उनले हाल विश्वका केन्द्रीय बैंकहरुले पनि सुन मौज्दातलाई बढावालाई सुनको मूल्य वृद्धि भएको जिकिर गरे ।“पछिल्लो समय सुनलाई नम्बर १ सम्पत्तिका रुपमा लिइएको छ । चौतर्फी मन्दीको प्रभाव परिरहेकाले समेत नेपाल र विश्वभरि नै सुनलाई सुरक्षित लगानीका रुपमा हेरिएको छ । यसैको कारणसमेत निरन्तर सुनको भाउ उकालो लागिरहेको छ ।” सुनको मूल्य आगामी दिनमा घट्ने तुलनामा बढ्ने सम्भावनाहरु धेरै रहेको उनको दाबीसमेत छ ।

कमोडिटी मार्केटका विज्ञ हेमन्त बस्याल अमेरिकी अर्थतन्त्रमा समस्या देखा पर्दा डलर बलियो बनाउन सुनको मूल्यमा चलखेल गर्दा भाउ बढ्न पुगेको दाबी गर्छन् । कच्चा तेल र सुनको विपरीत सम्बन्ध हुने अर्को कारण रहेको जिकिर गर्दै उनले ‘करेन्सी डिभ्यालुस’ कै कारण पनि सुनको मूल्य बढेको जिकिर गरे ।“बजारमा हल्ला भएजस्तो २ लाख रुपैयाँ नै चाहिँ त्यत्ति छिट्टै पुग्दैन । अवधि लाग्छ ।”

 

 

 

 

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।