काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख ४ हजार ६०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.२०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ४ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख ४ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले घटेर रु.एक हजार ३१५ मा आएको महासङ्घले जनाएको छ ।