हङकङ-मुख्यभूमि सीमा पुनः खोलेको पहिलो दिन २ लाख ८० हजार यात्रु

अर्थबिट २०७९-१०-२५ १७:१३:०० बजे

हङकङ।हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यवाहक प्रमुख कार्यकारी चान क्वोक-कीले सोमबार हङकङको बीच करिब २ लाख ८० हजार जनाले सीमापार गरिएको रेकर्ड गरिएको बताएका छन्। 

कार्यकारी परिषद्को बैठकअघि बोल्दै चानले सोमबारदेखि सबै सामुद्रिक, स्थल र हवाई नियन्त्रित सम्पूर्ण नाका पूर्ण रूपमा खोलिएको बताएका छन् । क्रस-बाउन्ड्री यात्राको पूर्ण पुन: शुरु भएको पहिलो दिन करिब दुई लाख २० हजार मानिसहरूले स्थल सीमामार्फत यात्रा गरेको बताइएको  छ ।

उक्त क्षेत्रको प्रमुख कार्यकारी जोन ली शनिबार साउदी अरब र संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि प्रस्थान गरेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।