विवाहेत्तर सम्बन्ध सार्वजनिक हुनेवित्तिकै नगरप्रमुखको राजीनामा

अर्थबिट २०७९-१०-२९ १५:०१:०० बजे

वासिङ्टन।क्यानडेली शहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन् । विवाहित उनले कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन् । 

शुक्रबार अबेर पत्रकार सम्मेलन गरेर उनले महामारीका बेला आफूले एक जना कर्मचारीसँग सम्बन्ध कायम गरेको तथा नगरप्रमुखका निम्ति त्यो काम शोभनीय नभएकाले पदबाट राजीनामा गरेको बताए । आफ्ना गल्ती मनन गर्न तथा परिवारको विश्वास पुनःआर्जन पनि आफूले पदबाट राजीनामा गरेको उनले बताए । टोरन्टो स्टारले उनको नाजायज सम्बन्धसम्बन्धी समाचार प्रकाशन गरेको एक घण्टा पछि उनले पदत्याग गरेका हुन् । 

विवाहभन्दा बाहिरको आफ्नो त्यो सम्बन्धलाई गम्भीर त्रुटीका रुपमा स्वीकार गर्दै ६८ वर्षीय टोरीले टोरोन्टोका जनता, आफ्ना सहकर्मी, श्रीमती र परिवारसँग क्षमा याचना गरेको पत्रकारहरूलाई बताए । पारस्परिक सहमतिमा  विवाहभन्दा बाहिरको सम्बन्धलाई अन्त्य गरेको तथा त्यससम्बन्धमा शहरका सम्बन्धित अधिकारीलाई जानकारी दिएको उनले बताए । तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका टोलीले चार महिना नपुग्दै पदबाट राजीनामा दिएका हुन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।