काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ४ हजार तोकिएको छ । गत शुक्रबार प्रतितोला रु. १ लाख ३ हजार ६०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ४०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ३ हजार ५०० तोकिएको छ । यसको मूल्य गत शुक्रबार प्रतितोला रु.१ लाख ३ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले बढेर रु.एक हजार २९५ कायम भएको महासङ्घले जनाएको छ ।