साङ्घाईका पूर्व प्रमुख ‘प्रोक्युरेटरेट’माथि घूस लिएको अभियोग

अर्थबिट २०७९-११-०१ १०:२६:०० बजे

बेइजिङ।‘साङ्घाई पिपुल्स प्रोक्युरेटरेट’का पूर्व प्रमुख झाङ बेनकाईलाई घूस लिएको आरोपमा अभियोग लगाइएको छ ।

सुप्रिम पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) का अनुसार झाङले आफूले सम्हालेका विभिन्न पदको फाइदा उठाएर पर्याप्त रकम र बहुमूल्य सामानहरू लिनुभएको  अभियोगमा उल्लेख छ ।

झाङको मुद्दामा अनुसन्धान पछि, यसलाई एसपीपीको समीक्षा र अभियोजनको लागि फुजियान प्रान्तको जियामेन शहर प्रोक्युरेटरेटलाई हस्तान्तरण गरिएको थियो ।

एसपीपीले जारी गरेको विज्ञप्तिमा अभियोजकहरूले प्रतिवादीलाई आफ्नो मुद्दाको अधिकारको बारेमा जानकारी दिएको, सोधपुछ गरेको र वकिलहरूको राय सुनेको उल्लेख गरिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।