अफगानिस्तानलाई ४० मिलियन अमेरिकी डलर सहायता प्रदान

अर्थबिट २०७९-११-०२ १५:५३:०० बजे

काबुल । अफगानिस्तानले मानवीय सहायताको रूपमा ४ मिलियन अमेरिकी डलर नगद प्याकेज प्राप्त गरेको छ  । सोमबार काबुलको एक वाणिज्य बैंकमा उक्त सहयोग रकम जम्मा गरिएको देशको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो पाँच दिनमा अफगानिस्तानमा पठाइएको ४० मिलियन अमेरिकी डलरको यो तेस्रो किस्ता हो। यसअघिका दुई  किस्ता क्रमशः बुधबार र आइतबार प्रदान गरिएको थियो ।

दा अफगानिस्तान बैंकले मानवीय सहयोगको खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नका लागि देशमा वैदेशिक मुद्रा ल्याउन मद्दत गर्ने कदमको स्वागत गरेको छ  । अफगानिस्तानले देशको अर्थतन्त्रलाई स्थिर बनाउन अन्तरराष्ट्रिय समुदायको मानवीय सहायताको रूपमा विगत १६ महिनामा १.९ बिलियन अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको बताइएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।