काठमाण्डौ।सुनचाँदी बजारमा साताको तेश्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ३ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. १ लाख ४ हजारमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ५०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख ३ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख ३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यमै स्थिर भई रु.एक हजार २९५ कायम भएको महासङ्घले जनाएको छ ।