चीनद्वारा अमेरिकाको चिनियाँ कम्पनीहरूलाई निर्यात नियन्त्रण सूचीमा राख्ने कार्यको विरोध

अर्थबिट २०७९-११-०३ १४:२९:०० बजे

बेइजिङ।चीनले सैन्य हवाई जहाजजस्ता चीनको एयरोस्पेस कार्यक्रमलाई समर्थन गर्ने तथाकथित आधारमा छवटा चिनियाँ कम्पनीहरूलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा राख्ने अमेरिकी कदमको कडा विरोध गरेको छ । 

वाणिज्य मन्त्रालयका प्रवक्ताको लामो समयदेखि संयुक्त राज्य अमेरिकाले अन्य देशका कम्पनीहरूलाई दमन गर्न र नियमित आर्थिक र व्यापार आदानप्रदानमा बाधा पु¥याउन निर्यात नियन्त्रण उपायहरूको दुरूपयोग गर्दै आएको दाबी छ ।

यी कदमहरूले प्रभावित कम्पनीहरूको वैध अधिकार र हितमा गम्भीर आघात पु¥याएको छ । यस किसिमका गतिविधिले विश्वव्यापी आपूर्ति शृङ्खलाको सुरक्षा र स्थिरतालाई कमजोर पारेको छ । मन्दीग्रस्त विश्व अर्थतन्त्रमा देखिएको समस्यालाई सुल्झ्याउन पनि यस कदमले बाधा पु¥याएको प्रवक्ताको दाबी छ । 

साथै चीनले अमेरिकी पक्षलाई चिनियाँ फर्महरूको आधारहीन दमन रोक्न आग्रह गरेको छ । प्रवक्ताले देशले आफ्ना फर्महरूको वैध अधिकार र हितको रक्षा गर्न आवश्यक कदम चाल्ने पनि बताएका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।