चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यात शून्य छुट दिने

अर्थबिट २०७९-११-०५ १४:४८:०० बजे

बेइजिङ।चीनले  सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट  निर्यात हुने  करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ ।  राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको हो ।  

यो नयाँ कदमले चीन-अफ्रिका मित्रता र सहयोगको भावनालाई अझ बलियो बनाउने चिनया पक्षले  विश्वास लिएको छ ।  यस कदमले अतिकम विकसित देशहरूलाई आफ्नो विकासलाई तीव्रता दिन र खुला विश्व अर्थतन्त्रको निर्माणमा थप सहयोग पुग्ने पनि बताइएको छ ।

चीनसँग कूटनीतिक सम्बन्ध स्थापना  भएका सबै अल्पविकसित देशहरूमा यस प्रकारको  निर्यात शुल्कमा दिइने  छुटलाई क्रमशः विस्तार गरिने पनि चिनियाँ पक्षले उल्लेख गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।