एआईले मानव अधिकारमा ‘गम्भीर खतरा’ निम्त्याएको संयुक्त राष्ट्रसङ्घको भनाइ

अर्थबिट २०७९-११-०७ १६:२७:०० बजे

जेनेभा।संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ मा भएको पछिल्लो प्रगतिले मानव अधिकारमा गम्भीर खतरा उत्पन्न गरेको भन्दै यसको उल्लङ्घन हुन नदिन सुरक्षाका उपाय अपनाउन आग्रह गर्नुभएको छ । 

यसै साता संयुक्त राज्य अमेरिका र चीनसहित ६० भन्दा बढी राष्ट्रहरूले ‘अन्तर्राष्ट्रिय सुरक्षा, स्थिरता र जवाफदेहितामा आँच नपुगोस्’ भनेर रक्षामा एआईलाई नियमन गर्न आह्वान गरेका थिए । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्देशित ड्रोन, मानवीय हस्तक्षेप बिना नै मार्न सक्ने ‘स्लटरबोट’ र आर्टिफिसियल इन्टेलिजेन्सले सैन्य द्वन्द्व बढाउन सक्ने जोखिमजस्ता विषयमा चिन्ता बढेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भन्नुभयो, “आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएको प्रगतिले क्षति पु¥याउन सक्ने सम्भावनाबाट म निकै चिन्तित छु ।” ’मानव अधिकार, मानव मर्यादा र सबै मानव अधिकार गम्भीर खतरामा छन् । यो व्यवसाय र सरकार दुवैको लागि तत्काल आवश्यक पर्ने छिटो प्रभावकारी गार्डरेलहरू विकास गर्न एक तत्काल आह्वान हो,” उहाँले भन्नुभयो । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले हाम्रो दैनिक जीवनमा प्रवेश गरेको छ, इन्टरनेट खोजहरूमा क्रान्ति ल्याएको छ, हाम्रो स्वास्थ्यको निगरानी गर्ने तरिका परिवर्तन गरेको छ र सरल अनुरोधमा सेकेन्डमा सबै प्रकारका लिखित सामग्रीहरू सिर्जना गर्न सक्षम अनुप्रयोगजस्ता नयाँ आविष्कारहरू ल्याएको छ । 

एआईका आलोचकहरूले गोपनीयताको उल्लङ्घन र पक्षपातपूर्ण ‘एल्गोरिदम’जस्ता मुद्दाहरू उठाएका छन् । “हामी यसलाई नजिकबाट पछ्याउनेछौं, हाम्रो विशिष्ट विशेषज्ञता प्रदान गर्नेछौं र यो सुनिश्चित गर्नेछौं कि मानव अधिकारको आयाम यो कसरी अगाडि बढ्छ भन्ने कुरामा केन्द्रीय रहन्छ,” तुर्कले भन्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।