फेब्रुअरीमा जापानको थोक मुद्रास्फीति सुस्त

अर्थबिट २०७९-११-१० १४:०३:०० बजे

टोकियो।जापन सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । 

योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ ।  क्याबिनेट अफिसले जारी गरेको फेब्रुअरीको आर्थिक प्रतिवेदनमा भने सामान्य परिवर्तन देखिएको छ । प्रतिवेदनका अनुसार केही कमजोरीका बाबजुद जापानी अर्थतन्त्र "मध्यम रूपमा उठिरहेको" सरकारले आफ्नो मासिक मूल्याङ्कनमा उल्लेख गरेको छ । 

प्रतिवेदनले निजी उपभोग र कर्पोरेट खर्चदेखि उत्पादन र निर्यातसम्मको अर्थतन्त्रका ११ प्रमुख अङ्गहरूको मूल्याङ्कनलाई भने यथावत् कायम राखेको छ। साथै प्रतिवेदनले कमजोर निर्यात, औद्योगिक उत्पादन वृद्धिमा रोक र फेब्रुअरीमा बढ्दो उपभोक्ता मूल्यहरू पनि विशेषरूपमा उल्लेख गरेको छ।

जारी विश्वव्यापी मौद्रिक कडाइ र अन्य कारकहरूका बीचमा विदेशी अर्थतन्त्रको सुस्तता जापानी अर्थतन्त्रको लागि नकारात्मक जोखिमको रूपमा लिइएको पनि  प्रतिवेदनमा उल्लेख छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।