श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सृजना गर्ने

अर्थबिट २०७९-११-११ १६:०६:०० बजे

कोलम्बो।श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले आगामी केही वर्षहरूमा करिब ८७  हजार रोजगारीका अवसरहरू सृजना गरिने भएको छ । विदेशमन्त्री अली साब्रीले बुधबार संसद्मा सो कुरा बताएका हुन् । श्रीलङ्कालाई आर्थिक हब बनाउन यो परियोजनाले ठूलो भूमिका खेल्ने साब्रीको विश्वास छ ।

मन्त्रीले कोलम्बो बन्दरगाह देशको निर्यातमुखी अर्थतन्त्रको केन्द्र बन्ने र श्रीलङ्काले विगतबाट पाठ सिकेर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने र पोर्ट सिटी आयोजनालाई देशको विकासको आश्रयस्थल बनाउने पनि उल्लेख गरेका छन् । कोलम्बो पोर्ट सिटी इकोनोमिक कमिसन ऐनमाथिको संसदीय बहसमा मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।