यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा दश लाख जनाले शरणका लागि आवेदन, सात वर्ष यताकै उच्च

अर्थबिट २०७९-११-११ १६:१७:०० बजे

ब्रसेल्स।कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्ष यताकै उच्च हो ।

शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको छ । उक्त कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको अन्त्यमा कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्याण्डबाहेक सङ्घमा आवद्ध देशमा दशलाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् । 

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन गरेका छन् । टर्की, भेनेज्वेला, कोलम्बिया, पाकिस्तान, बङ्गलादेश र जर्जियाका आप्रवासीको आवेदन पनि अधिक परेको छ । रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रुपमा कम छ । युरोपेली सङ्घले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले  शरणका निम्ति निवेदन गरेका हुन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।