उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता

अर्थबिट २०७९-११-११ १६:२९:०० बजे

ताशकन्द।उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १.६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उज्बेकिस्तानका राष्ट्रपतिको प्रेस सेवाले बुधबार जनाएअनुसार सो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ ।  सो सम्झौतामा उज्बेकका राष्ट्रपति शावकट मिर्जियोयेभको यही फेब्रुअरी २० देखी २१ साम्म भएको इजिप्ट भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो।

मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल-फताह अल-सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन्।

"इजिप्टका कम्पनीहरूसँग हाम्रो देशमा संयुक्त रूपमा ठूला लगानीका कार्यक्रमहरू लागू गर्ने अवसर छ," उज्बेक राष्ट्रपतिले उल्लैक गरेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।