रूसले पाइपलाइन तेल आपूर्ति रोकेको पोल्याण्डद्वारा जानकारी

अर्थबिट २०७९-११-१४ १५:४३:०० बजे

वार्सा । पोल्याण्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रुसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार घोषणा गरेको छ ।

“पोल्याण्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने आपूर्ति रूसी पक्षले रोकेको छ,” पोल्याण्डको कम्पनीमार्पत् एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ । यो कदमले पोल्याण्डका ग्राहकहरूलाई आपूर्तिमा असर नपार्ने भन्दै अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति सामुद्री मार्गबाट हुने जनाएको छ । 

हालसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको करिब १० प्रतिशत रूसी पाइपलाइनमार्फत र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो । युक्रेनमा रूसको युद्धलाई लिएर युरोपेली सङ्घ (ईयू) ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेको एक दिनपछि यो कदम चालिएको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।