अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्छ - चीन

अर्थबिट २०७९-११-१७ १४:५५:०० बजे

बेइजिङ।संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणाको नाममा विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरिरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित प्रेस ब्रिफिङमा मङ्गलबार सो टिप्पणी गर्नु भएको हो ।  

उहाँले भन्नुभयो - ती गलत कार्यहरूको चीन दृढतापूर्वक विरोध गर्दछ ।  ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई सबै संघीय उपकरणहरूबाट टिकटक मेटाउन ३० दिनको समय दिएको बारेको प्रश्नमा उहाँको सो टिप्पणी आएको हो । जसमा अमेरिका-चीन प्रतिस्पर्धाको बीचमा अमेरिकी राष्ट्रिय सुरक्षामा चिन्ताको कारण दर्शाउँदै उठाइका विषयमा चीनको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।   

"युवामाझ अत्यन्त लोकप्रिय एपसँग डराउन खोज्नु विश्वको शीर्ष महाशक्ति राष्ट्रको नीति अलिक उपयुक्त हुँदैन । यसका नाममा राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाउँदै विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गर्नु गलत हो । हामी ती गलत कार्यहरूको दृढतापूर्वक विरोध गर्छौं । अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्छ, कम्पनीहरूलाई दबाउन छोड्नु पर्छ र विदेशी कम्पनीहरूको लागि खुला, निष्पक्ष र गैर-भेदभावरहित वातावरण उपलब्ध गराउनुपर्छ।" प्रवक्ता  माओले भन्नुभयो। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।