दक्षिण अफ्रिकाले अगस्टको अन्त्यमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

अर्थबिट २०७९-११-१९ १३:१८:०० बजे

जोहोसबर्ग।दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ ।

राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गर्नु भएको जानकारी अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकबले सो बारे निर्णय गरेको हो ।

यस वर्षको शिखर सम्मेलन ‘ब्रिक्स र अफ्रिका: पारस्परिक द्रुत वृद्धि, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी’ भन्ने नाराका साथ आयोजना हुने पनि मन्त्रीले जानकारी दिनु भएको छ ।   

क्षेत्रीय सङ्गठन ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । दक्षिण अफ्रिकाले सन् २०२३ जनवरी १ देखि ब्रिक्सको अध्यक्षता ग्रहण गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।