पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै

अर्थबिट २०७९-११-२१ १५:११:०० बजे

इस्लामाबाद।अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८.४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ।

बिहीबार अमेरिकी डलर २८५.०९ रुपैयाँमा कारोबार बन्द भएको थियो । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको भाउ ६.६३ रुपैयाँ अर्थात २.३८ प्रतिशतले बढेको छ ।

सिन्ह्वासँग कुरा गर्दै पाकिस्तानी वाणिज्य बैंक सिल्क बैंकका ट्रेजरी प्रमुख रेहान अतीकले अघिल्लो सत्रमा ग्रीनब्याकको मूल्यमा  भएको व्यापक वृद्धिले निर्यातकर्ताहरूलाई आफ्नो डलर बजारमा बेच्न प्रोत्साहित गरेको र त्यस कदमबाट स्थानीय मुद्रामा सुधार आएको हो । 

पाकिस्तानको विदेशी मुद्रा संघका प्रमुख मलिक बोस्तानका अनुसार बजारमा देकिएको अस्थिर प्रवृत्तिको मुख्य कारण पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कार्यक्रमको वरिपरि बढ्दै गएको अनिश्चितता नै हो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।